राष्ट्रपति भण्डारी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन् । उनलाई आज विहान साढे १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

‘केही दिन देखि ज्वरो आएको, कमजोरी महसुस भएको र गएराती बान्ता समेत भएको रहेछ त्यसपछि उहाँलाई यहाँ ल्याईएको हो । एनेक्स टू को ६०१ नं डिलक्स रुममा उहाँलाई भर्ना गरेर परीक्षण सुरु गरिएको छ,’ उपचारमा सम्लग्न एक जना डाक्टरले भने ।

उनले राष्ट्रपतिको डेंगी, कोभिड १९, आरएफटी, एलएफटी, सीबीसी, सुगर लगायतको विभिन्न परीक्षणका लागि स्याम्पल कलेक्सन गरी पठाइएको बताए ।

‘दशैंमा टिका लगाईदिदा नै ज्वरो आएको रहेछ । खोकी, घाँटी खसखस हुने समस्या त्यसबेला देखिनै रहेछ । अहिले भर्ना गरेर लगायतको नमूना संकलन गरी जाँचका लागि पठाइएको अवस्था छ,’ ती डाक्टरले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *