बूढानीलकण्ठ नगरपालिकाको बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ३ हजार भत्ता

216
Shares

काठमाडौँ, २८ भदौ । बूढानीलकण्ठ नगरपालिकाले आफ्नो बर्थिक सेन्टरमा सुत्केरी भएका आमाहरुलाई ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन थालेको छ । नगपालिकाले चालु आर्थिक बर्ष देखि सुत्केरी प्रोत्साहन भत्ता दिन थालेको हो ।

नगरपालिकाका उपप्रंमुख अनिता लामाका अनुसार १३ नम्बर वडामा पर्ने चुनीखेल र चपली घुम्तीमा रहेका दुईवटा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई मात्रै यो सुविधा छ ।

‘अहिलेसम्म ४० जना भन्दा बढी महिलाहरु दुईवटा बर्थिङ सेन्टरमा सुत्केरी हुनु भएको छ । उहाँहरुलाई हामी सेन्टरमै गएर भत्ता उपलव्ध गराउने गरेका छौँ,’उमप्रमुख लामाले भनिन् ।

उनले सेन्टरमा निशुल्क रुपमा गर्भपरीक्षण र सुरक्षित सुत्केरीको व्यवस्था राखिएको बताईन । तर जटिल अवस्थाका गर्भवतीहरुलाई भने सेन्टरले अस्पताल रिफर गरिदिने गरेको जानकारी दिईन ।

नगरपालिकाले प्रोत्साहन भत्ता लिनका लागि कम्तीमा चार पटक गर्भपरीक्षण गराएको हुनुपर्ने व्यवस्था बनाएको छ । यस्तै दुईवटा सन्तान जन्माउँदा सम्मका लागि मात्रै यो सुविधा दिईने समेत स्पष्ट पारेको छ ।

‘यसले आम महिला दिदी बहिनीका लागि गर्भ परीक्षण गर्न प्रोत्साहन गर्नुका साथै सामान्य पौटिक आहारका लागी नगरपालिकाको तर्फबाट थोरै सहयोग पनि हुने भयो । यो अभियानले शहरमा बसेका आम सर्वसाधारण परिवारका महिलाहरुका लागि ठूलो राहत दिने विश्वास छ,’ उपप्रंमुख लामाले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *