जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा. पुष्पमणि खराल निर्वाचित

काठमाडौँ, २५ भदौ । जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि खराल निर्वाचित भएका छन् । नेपाल चिकित्सक संघको कार्यालयमा आज सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी डा भोलाराम श्रेष्ठलाई १५ मतले पराजित गर्दै डा खराल अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा कुल ९१ मत खसेको थियो । त्यसमध्ये डा खरालले ५३ मत पाएका थिए भने डा श्रेष्ठले ३८ मात्रै पाएका थिए ।
कुल १३ सदस्यीय कार्यसमितिमा अध्यक्ष बाहेक सबै पद निर्विरोध निर्वाचित भएको थियो ।

निर्विरोध निर्वाचित हुनेहरुमा बरिष्ठ उपाध्यक्षमा डा संजिव तिवारी, उपाध्यक्ष डा सर्वेश शर्मा, महासचिव डा विश्वराज दवाडी, कोषाध्यक्ष डा सुशेर नेपाल, सह सचिव डा विकास गौचन र सह कोषाध्यक्षमा डा रोहेन्द्र पाण्डे छन् ।

यस्तै सदस्यहरुमा डा आरती शाह, डा विनोद दंगाल, डा सञ्जयकुमार गुप्ता, डा सन्तोष बास्तोला, डा तीर्थमान श्रेष्ठ र त्रिभुवन चन्द्र झा निर्वाचित भईसकेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *