‘प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक’को सेवा प्रारम्भ

140
Shares

ललितपुर, २५ भदौ । ललितपुरको कुपन्डोलनमा प्यासिफिक बहुविशेषज्ञ क्लिनिक सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक मार्फत एकै ठाँउबाट धेरै रोगको उपचार सेवा प्रदान गर्ने योजनाका साथ स्थापित क्लिनिक शुक्रबार देखि सञ्चालनमा आएको हो ।

शुक्रबार एक विशेष समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लिनिको उदघाटन गरे ।

क्लिनिकमा निसन्तान दम्पतीका लागि लक्षित गर्दै इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ), डेन्टल, स्त्री तथा प्रसूति, फिजियोथेरापी, मधुमेह तथा थाइराइड, छाला, नाक, कान, घाँटी, बाल रोग, हाडजोर्नी तथा नसा, प्रयोगशाला लगायतका सेवाहरु रहेको छ।

क्लिनिकमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकले ओपिडी सेवा दिनुका साथै आकस्मिक उपचार सेवाको समेत व्यवस्था रहेको छ ।

‘क्लिनिक भन्नेवित्तिकै सामान्य उपचार सेवा दिने संस्था भनेर बुझ्ने गरिन्छ। तर हाम्रो बहुविशेषज्ञ क्लिनिकमा विभिन्न विषयमा दक्ष विज्ञ चिकित्सकले विशिष्ट सेवा दिनेछौं,’ प्यासिफिक क्लिनिकका प्रमुख डा काजन रानाभाटले भने, ‘यो क्लिनिकबाट हामीले सबैखालको विशेषज्ञ सेवा दिनेछौं। नयाँ ज्ञानसिपमा आधारित रहेर उपचार सेवा दिइनेछ।’

डा रानाभाटका अनुसार क्लिनिकमा आधुनिक प्रविधि र प्रणालीको प्रयोगबाट छिटोछरितो सेवा प्रदान गरिनेछ।

क्लिनिकका उपप्रमुख आश्रय रन्जितकारले क्लिनिकले वृद्धा तथा अशक्तलाइ सहुलियतमा सेवा दिने जानकारी दिए। ‘हामी महानगरपालिका र वडाहरुसँग मिलेर काम गर्नेछौं,’ उनले भने, ‘निजी क्लिनिक भए पनि हामी सामाजिक उत्तरदायित्व भुल्दैनौं।’

क्लिनिकले बिरामी भएपछि निको पार्ने प्रक्रियामा मात्र नभइ बिरामी हुन नदिनका लागि जनचेतना जगाउने विषयमा पनि सक्रिय रुपमा काम गर्ने उनले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *