आगामी १ असोजमा घटक संघको राष्ट्रिय सम्मेलन गर्दै स्वास्थ्यकर्मी महासंघ

काठमाडौँ, १९ भदौ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले घटक संघहरुको राष्ट्रिय सम्मेलन आगामी १ असोजमा गर्ने भएको छ । काठमाडौँमा हुने सम्मेलनमा सहभागिताका लागि महासंघले घटक संघहरुलाई आ आफ्ना प्रतिनिधि छनौट गरी पठाउन निर्देशन दिएको छ ।
महासंघको घटक संघहरुमा राष्ट्रिय चिकित्सक संघ नेपाल, राष्ट्रिय फार्मेसी संघ नेपाल, राष्ट्रिय आयुर्वेद संघ नेपाल रहेका छन् । यस्तै राष्ट्रिय प्रयोगशाला संघ नेपाल, राष्ट्रिय जनस्वास्थ्य संघ नेपाल र पाल नर्सिङ पेशाकर्मी संघ नेपाल पनि यसको घटक संगठनको रुपमा क्रियाशिल छन् ।
महासंघका केन्द्रीय उपमहासचिव हिमालय तिवारीले १ असोजमा काठमाडौँमा हुने महाधिवेशनका लागि तयारी सुरु भएको बताए ।
उनले सबै घटकको उद्घाटन सत्र संयुक्त रुपमा हुने भन्दै बन्द सत्र भने छुट्टा छुट्टै हुने बताए । उनले सम्मेलनमा सबै घटकका गरी करीब १ हजार प्रतिनिधिको सहभागिता हुने समेत जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

