हिमाली जिल्ला दार्चुलामा पनि भेटिए डेंगुका विरामी

दार्चुला, १८ भदौ । हिमाली जिल्ला दार्चुलामा पनि डेंगुका विरामी देखिन थालेका छन् । खास गरी हिमाली जिल्लामा नदेखिने यो रोगको संक्रमण पछिल्लो समय दार्चुलामा दिनानुदिन फैलिरहेको पाइएको छ ।
जिल्ला अस्पताल दार्चुलाका मेडिकल अधिकृत डा। सोमराज अवस्थीका अनुसार दुई दिनमा गरिएको परीक्षणमा मात्रै ११ जनामा डेंगुको संक्रमण भेट्टिएको छ । भदौ १२ गतेपछि गरिएको परीक्षणमा ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको उनले बताए ।
केहि दिन यता जिल्ला अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा डेंगुको संक्रमण देखिन थालेको उनले जानकारी दिए ।
हिमाली जिल्लाहरुमा नदेखिने यो रोग पछिल्लो समय तराईदेखी पडाही तथा हिमाली जिल्लाहरुमा समेत लामखुट्टेहरु आउने गरेका कारण डेंगुको संक्रमण भइरहेको पाइएको उनले बताए । ‘दार्चुला जस्तो हिमाली जिल्लामा डेंगुको संक्रमण नदेखिनु पर्ने हो, अहिले दैनिक ४/५ केस पोजेटिभ आइराछन् उनले भने ।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

