‘साउथ एशियन एसोसिएसन अफ पेडियाट्रिक डेन्टीस्ट्री’को नयाँ कार्यमिति गठन, उपाध्यक्षमा नेपालबाट डा. सेन्छेमा लिम्बु चयन
काठमाडौँ, १७ भदौ । साउथ एशियन एसोसिएसन अफ पेडियाट्रिक डेन्टीस्ट्री (एसएएपीडी)को उपाध्यक्षमा डा सेन्छेमा लिम्बु (नेपाल) चयन भएकी छन् । भारतको गोवामा गत २६ देखि २८ सेप्टेम्बरसम्म चलेको एसएएपीडीको तेस्रो महाधिवेशनबाट उनी उपाध्यक्षमा चयन भएकी हुन् ।
दुई बर्षे कार्यकालका चयन भएको नयाँ कार्यसमितिको संरक्षकमा डा इन्दरकुमार पन्डित, सह संरक्षकमा डा सिभकुमार नुभभुला र अध्यक्षमा डा उम्मे सल्मा अबदुल्लाह चयन भएका छन् । उपाध्यक्षहरुमा डा लिम्बुसंगै डा राहुल हेग्दे(भारत) डा सोनाम गेन्दुप (भुटान) डा इक्क्रामुल अहमद (बंगलादेश), डा निलमिनि अबेयुङगुनाबर्दना श्रीलंका, रहेका छन् ।
समितिको महासचिमा डा ज्ञानेन्द्र कुमार, कोषाध्यक्षमा डा फेराह खन्ना चयन भएका छन् ।
यस्तै सह सचिवमा डा रसना श्रेष्ठ (नेपाल) डा शारिका श्रहन (बंगलादेश), डा सामद्रुप भुटान, डा प्रियाके पालिपाना (श्रीलंका) र डा सौम्य नाभित रहेका छन् ।
निर्वाचित सदस्यहरुमा डा विरेन्द्र गोयल, डा दीपक भाग्य, डा आशिश सक्सेना, डा सुमिता उपाध्याय, डा मेघा प्रधान, डा असिफ खान, डा टान्जीग जी चौधरी, डा चन्द्रा हेराथ रहेका छन् ।
एसएएपीडी दक्षिण एशियाली राष्ट्रका बालबालिकाहरुको मुख तथा दन्त स्वास्थ्य उपचारमा तल्लीन चिकित्सकहरुले गठन गरेको पेशागत संस्था हो ।
तेस्रो महाधिवेशनमा भाग लिन विश्वभरबाट ३५० भन्दा बढी चिकित्सकहरु गोवा पुगेका थिए ।
सम्पर्क इमेल : [email protected]