ग्राण्डी इन्टरनेशनल हस्पिटलको अध्यक्षमा पुन: दीपक कुँवर

344
Shares

काठमाडौँ, १६ भदौ । धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलको अध्यक्षमा पुन: दीपक कुँवर चयन भएका छन् । गत २८ साउनमा सम्पन्न हस्पिटलको दशौँ बार्षिक साधारण सभाबाट निर्वाचित छ सदस्यीय सञ्चालक समितिमध्येबाट कुँवर अध्यक्षमा चयन भएका हुन् ।

‘दशौँ बार्षिक साधारण सभापछि आज सञ्चालक समितिको पहिलो बैठक बस्यो र कुँवरलाई पुन: चारवर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्‍यो,’ स्रोतले भन्यो ।

कुँवर यसअघि पनि ग्राण्डीका अध्यक्ष थिए । उनी सीडी डेभलपर्स प्रालिको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।

दीपक कुँवर

कुँवर संगै ग्राण्डीको छ सदस्यीय सञ्चालक समितिमा विजयबहादुर राजभण्डारी (सीई कन्स्ट्रक्सन प्रालि), मिरा अधिकारी (ज्योति एण्ड कम्पनी प्रालि), पंकज बास्कोटा, फुर्पा दोर्जे लामा (राम जानकी इन्भेस्टमेन्ट प्रालि), र डा सुनिलराम बैद्य (नेपाल जेनरल मार्केटिङ प्रालि) रहेका छन् ।

अधिकृत पूँजी ३ अर्ब रहेको ग्राण्डीको हाल चुक्ता पूँजी २ अर्ब कायम गरिएको छ । अस्पतालमा १२४ जना सेयर सदस्य रहेका छन् ।

अस्पताल तर्फ १६९ जना विज्ञ चिकित्सक, २८६ जना स्टाफ नर्स, ३०६ जना प्रशासनिक तथा प्यारामेडिक्स, १२३ जना हाउस किपिङ तथा ३० जना सुरक्षाकर्मी बिरामीको सेवामा खटिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *