स्वास्थ्यमा सरुवा : आपूर्तिमा डा सर्बेश शर्मा, ट्रमा सेन्टरमा डा मरासिनी, डा थपलियालाई १ नं प्रदेश स्वास्थ्य निर्देशनालय
काठमाडौँ, १५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा समूहका एघारौँ तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका कर्मचारीको सरुवा गरेको हो ।
स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा डा सर्बेश शर्मालाई निर्देशकको रुपमा पदस्थापन गरिएको छ । त्यहाँ यसअघि निर्देशक रहेका डा रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट बनाईएको छ ।
ट्रमामा यसअघि डा प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो ।
यसैगरी, कारागार अस्पतालको निर्देशकमा डा प्रकाश बुढाथोकीलाई पठाइएको छ। एघारौँ तहमा यसै वर्ष बढुवा भएका उनी वीर अस्पतालमा थिए।
यस्तै राधिका थपलियालाई प्रदेश १ को मुख्यमन्त्री कार्यालय मातहत रहने गरी पठाइएको छ । उनी लामो समय देखि जिम्मेवारी विहीन थिईन ।
प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा यसअघि नारायण ढकाललाई पठाइएको थियो। उनी जान नमानेपछि थपलियालाई पठाइएको हो।
त्यसैगरी, कोशी अस्पतालको मेसुमा लक्ष्मीनारायण यादवलाई जिम्मा दिइएको छ।
सम्पर्क इमेल : [email protected]