तीन दिन भित्र स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहको रिक्त पदको विवरण पठाउन स्वास्थ्यको निर्देशन
काठमाडौँ, ९ भदौ । स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका नवाँै र एघारौँ तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले लोकसेवा आयोगको स्वीकृत बार्षिक तालिका अनुसार आर्थिक बर्ष २०७९÷८० मा रिक्त पदहरुको पदपूर्ति गर्ने प्रयोगनका लागि विवरण माग गरेको जनाएको हो ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग देखि प्रतिष्ठान तथा अस्पतालहरु तालीम केन्द्र गरी आफू मातहतका २६ वटा निकायलाई पत्र पठाएको छ । उसले सूचनामा विवरण पठाउने भन्दै नमूना समेत उल्लेख गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]