कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

काठमाडौँ, ८ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

