औषधि व्यावसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाऔँः स्वास्थ्य राज्यमन्त्री केसी

थोक औषधि व्यावसायी संघमा नयाँ कार्यसमिति
120
Shares

काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले औषधि व्यावसायको क्षेत्रलाई मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

शनिबार  नेपाल औषधि थोक व्यावसायी संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्ने क्रममा उनले औषधि व्यावसाय जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय रहेको भन्दै यसलाई जन भन्दै यसलाई जनउत्तरदायी बनाउनु पर्ने बताएका हुन् ।

सो अवसरमा राज्यमन्त्री केसीले गुणस्तरीय औषधि उपभोक्तासम्म पु¥याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने समेत बताए । उनले भने, ‘औषधि भन्ने वित्तिकै जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषय हो । यस कारण औषधि क्षेत्र निकै संवेदनशिल हुनुपर्छ । जनताले अहिले पनि एउटै औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेका छन् । यसलाई हल गर्नुपर्ने देखिन्छ ।’

राज्यमन्त्री केसीले भने, ‘औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मोलाउदै आएको अनेकन विकृतिको अन्त्य गर्नुपर्छ । उपभोक्ताको संविधानतः मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाइ अक्षुण्ण राख्नु पर्छ । ’

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेश सरकार औषधिको क्षेत्रमा सम्वेदनशील भएर लागेको भन्दै औषधि व्यवसायीसंग मिलेर काम गर्न चाहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा कुल बजेटको न्युनतम १० प्रतिशत छुट्याउनु पर्ने भन्दै प्रदेश त्यसमा चुकेको बताए । मन्त्री लामाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने प्रदेश सरकारको नीति रहेको भन्दै यसलाई प्रभावकारी बनाउन औषधिको भूमिका प्रभावकारी रहने बताए ।

यस्तै, औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटाले तालुक निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा बिकृति बढेको बताए । उनले भने, औषधि क्षेत्रको विकृती रोक्न संघले पहलकदमी लिएको छ । औषधि व्यवस्था विभाग भने निरीह बन्यो ।’

कार्यक्रममा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले औषधि क्षेत्रमा नीति परिवर्तन भइरहे पनि नियती परिवर्तन गर्न नसकिएको गुनासो गरे । हामीले औषधिको क्षेत्रलाई सुधार गर्नका लागि धेरैवटा नीति बनायौँ तर नियती समा देखिएन । यसलाई सुधारौँ,’ उनले भने ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले औषधि क्षेत्रमा बनाइएका नीतिहरुको कार्यान्वयनमा समस्या देखिएको बताए । ‘हामीले नीति बनाउँछौँ तर कार्यान्वयन हुदैन, चाहे त्यो औषधिको मूल्य तोक्ने विषय होस या प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको बारेमा २०७४ साल जेठ १९ मा गरेको मन्त्रिपरिषदको निर्णय होस । बनाइएका नियम कार्यान्वयन मात्रै भइदिए पनि यसले औषधि क्षेत्रका धेरै विकृति हटाएर जाने थियो,’ उनले भने ।

व्यवसायी संघमा नयाँ कार्यसमिति

यसैबीच महाधिवेशनबाट नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः शिबराज बास्कोटा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा श्रीराम पराजुली र माधव अधिकारी, महासचिवमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष विनोदप्रसाद ढकाल लगायत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *