कांग्रेस नेता प्रदीप गिरीको निधन
काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधन भएको छ ।
ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ७५ बर्षीय गिरीको शनिबार राति ९: ३६ बजे निधन भएको अस्पतालका सीईओ बिजय रिमालले डाक्टरहरुलाई उदृत गर्दै पुष्टि गरे ।
विगत तीन साता देखि मेडिसिटीमा उपचार भइरहेको डा गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।
लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनलाई पुन समस्या देखिएपछि मेडिसिटी भर्ना गरिएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]