हिमानी शाह अस्पताल भर्ना

856
Shares

काठमाडौँ, २ भदौ । पूर्वयुवराज्ञी हिमानी शाहलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई बुधबार ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको बताइएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन् ।

उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ । यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि अस्पताल भर्ना गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *