खोजतलास गर्दा नभेटिएकी डा. भावना रेग्मीलाई सफाई पेश गर्न गृह मन्त्रालयद्धारा सात दिने म्याद

1.2k
Shares

काठमाडौँ, २ भदौ । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षण डा भावना रेग्मी (डेन्टल अधिकृत)लाई सफाई पेश गर्न सात दिने सूचना जारी गरेको छ । गत २० चैत देखि ३० दिनको विदामा बसेकी डा रेग्मी विना जानकारी अनुपस्थित भएकी छन् ।

गृह मन्त्रालयले गत २६ बैशाखमा हाजिर हुन आउनुपर्ने आफ्नो कर्मचारी जानकारी विना लामो समय हाजिर नभएपछि स्थायी ठेगानमा समेत खोजविन गरेको थियो । तर त्यसो गर्दा पनि नभेटिएपछि सार्वजनिक सूचना जारी गरेको हो ।

आज प्रकाशित गरेको सूचनामा तपाईँलाई सेवाबाट हटाउनु पर्ने कुनै मनासिव कारण भए सन्तोषजनक स्पष्टीकरण लिई यस मन्त्रायलमा उपस्थित हुन आउनुहोला भनिएको छ ।

अन्यथा विदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफनो कार्यालय अनुपस्थित रहेको कसुरमा भविस्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरि सेवाबाट हटाउने कारवाही भई जाने भनिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *