नर्सिङ परिषद्ले पायो निमित्त रजिष्ट्रार, नर्सहरुका रोकिएका काम अब सुचारु हुने

492
Shares

काठमाडौँ, ३० साउन । नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी सकुन्तला प्रजापतिलाई दिईएको छ । रजिष्ट्रार नहुँदा महत्वपूर्ण काम रोकिएपछि स्वास्थ्य मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै प्रजापतिलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।

यसअघि रजिष्ट्रार रहेकी विन्दा घिमिरेको गत २० साउनमा चार वर्षे कार्यकाल पुरा भएपछि परिषद् रजिष्ट्रार विहीन भएको थियो । रजिष्ट्रार नभएपछि परिषदले अस्थायी प्रमाणपत्र वितरण, लाइसेन्स परीक्षामा उत्तीर्णलाई जारी गर्ने प्रमाणपत्र वितरण, नविकरण, प्रतिलिपि र भेरिफिकेसन सम्वन्धी कामहरु अर्को सूचना नभएसम्मका लागि रोकिएको बताएको थियो ।

अब यी कामहरु सुचारु भएको परिषद्की अध्यक्ष प्रा सरला केसीले बताईन् ।

‘हामीलाई दैनिक गर्नुपर्ने महत्वपूर्ण काम रोकिएपछि मन्त्रालयलाई गुहारयौँ । उहाँहरुले काम चलाउनका लागि दशौँ तहको कर्मचारी पठाइदिनु भएको छ । अब रोकिएको कामहरु नियमित हुन्छ,’ केसीले भनिन ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा रमेश ढकालले परिषद्का रजिष्ट्रार पदको नियुक्ती मन्त्रिपरिषद्ले गर्ने भन्दै त्यसका लागि मन्त्रालयले नाम मन्त्रिपरिषद्मा पठाइसकेको बताए । उनले अब बस्ने मन्त्रिपरिषद् बैठकले रजिष्ट्रार नियुक्त गर्ने विश्वास व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *