एसिड आक्रमणमा परेकाहरुको उपचार चारवटा ठूला अस्पतालमा निशुल्क
काठमाडौँ, १४ साउन । सरकारले एसिड आक्रमणमा परेका पिडीतहरुका लागि निशुल्क उपचार व्यवस्था गरेको छ ।
एसिड आक्रमणमा परेका पिडीतहरुका लागि उपचार सम्वन्धी कार्यविधि २०७८ ले पीडितहरुका लागि आकस्मिक उपचारका लागि देशका कुनै पनि स्वास्थ्य संस्थाबाट निशुल्क उपचार सेवा लिन सक्ने उल्लेख गरेको छ ।
यदि आकस्मिक पश्चात थप उपचार गर्न परेमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार हुने हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कार्यविधिमा एसिड पिडीतको उपचार गरेवापत सोधभर्ना सरकारले गरिने उल्लेख छ । उपचार गर्दा मात्रै होइन, उपचार पश्चात जीवनभर लगाउन पर्न सक्ने मल्हम तथा उपचारका बेला बिरामी र कुरुवाको खानाको व्यवस्था समेत अस्पतालले मिलाईदिने र त्यसको पनि सोधभर्ना सरकारले गरिदिने उल्लेख छ ।
सरकारले एसिड आक्रमण मानवता बिरुद्धको जघन्य अपराध मान्दै यस विरुद्ध आवाज उठाउन र यस्ता आक्रमणको अन्त्य गर्न आम सर्वसाधारणसंग सहयोग खोजेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

