स्पष्टीकरण सोधेपछि डा. चौरसियाले राज्यमन्त्री केसीलाई भेटेर भने, ‘गल्ती काम गरेको छैन’

काठमाडौँ, १० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियासंग स्पष्टीकरण लिएका छन् ।

औषधि तथा उपकरण खरीदमा आर्थिक अनियमितता आरोप लागेका डा. चौरसियालाई राज्यमन्त्री केसीले मंगलबार अपरान्ह आफ्नै कार्यकक्षमा बोलाई स्पष्टीकरण लिएका हुन् ।

सो क्रममा उनले डा चौरसियालाई औषधि तथा उपकरण खरीदमा सेटिङ गर्ने मिलाउने र कमिसन खाने गरेको कुरा सञ्चारमाध्यमले उठाएको भन्दै त्यसको बास्तविकता के हो भन्दै सोधेका थिए ।

उनले औषधि उपकरण खरीद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन समेत दिएका थिए ।

शाखा प्रमुख चौरसियाले भने राज्यमन्त्रीलाई आफूले कुनै गल्ती नगरेको बताएका थिए । ‘खै कता के के समाचार आएछ, त्यसपछि राज्यमन्त्री ज्यूले चासो व्यक्त गर्नु भएछ । मलाई चिठी काटेर बोलाएको भन्ने पनि मैले मिडियाबाट नै सुने । मेरो हातमा पत्र आईपुगेको थिएन । तै पनि म राज्यमन्त्री ज्यू कहाँ गएर सत्य तथ्य कुरा बताईदिए । जो आरोपको कुरा छ त्यसमा सत्यता छैन भने । मेरो कुरा सुनेपछि रुाज्यमन्त्री ज्यूले राम्ररी काम गर्नुहोला समेत भन्नुभयो । त्यसपछि मैले मन्त्री ज्यू, सचिव ज्यूहरुलाई पनि भेटेको हुँ, उहाँहरुले त यसबारेमा केही कुरा नै उठाउनु भएन पनि,’ चौरसियाले भने ।

यता राज्यमन्त्री केसीले भने सार्वजनिक भएका समाचार र डा चौरसियाले भनेका कुराका बारेमा सुक्ष्म अध्ययन भईरहेको बताए । उनले अध्ययन्ले गल्ती देखायो भने कानून बमोजिम कारवाही हुने बताए ।

यसअघि आज दिउसो राज्यमन्त्री केसीको सचिवालयले विभागले गरेको १० अर्बको औषधि उपकरण खरीदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनम सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको लगायतका कुरा आएको भन्दै वास्तविकता के हो रु भनेर जवाफ माग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्पष्टीकरण सोधेपछि डा. चौरसियाले राज्यमन्त्री केसीलाई भेटेर भने, ‘गल्ती काम गरेको छैन’

  1. स्वास्थ्य बिभागको आपुर्ती शाखा भ्रष्टचारको खानी हो| खान पाए सबै चुप, नपाए एकार्कामा पोल खोलाखोल| यस्तै भएको देखियो| दु:ख पाउने नेपाली जनता हुन|
    आपुर्ती शाखामा औषधी खरिदको गुणस्तर र सन्ख्यामा तल झारेर, आपुर्तीमा झुटो विवरण बनाएर, नक्कली भर्पाई बनाएर ब्यक्तिगत रुपमा आफुलाई लाभान्वित गराउने गिरोह नै छन|
    मन्त्रीले बोलाएर स्पष्टीकरण सोध्नुको कारण के? गापचुपमा मिलाउने हो कि? सबुत प्रमाण थोरै पनि भए पहिले तत्कालै निलम्बन गर्नुपरने थियो| मेडियामा हावाका भरमा खबर आएको त निश्चय पनि होइन| आपुर्तिमा जैले पनि भ्रष्टचार र कमिशनखोर दुँगडुङती गन्ध आउँछ| आपुर्ती शाखा ब्यवस्थापन महाशाखाका अन्तर्गत भएकोले उक्त महाशाखाका प्रमुखलाई पनि जवाफदेहिता बनाइनपर्छ| चेन अफ कमाण्ड फलो गरेको खै त? डीजीलाई पनि सोधिनपर्छ| अनुगमन र पारदर्शिता भन्ने चिज नै हराएको दशकौ भयो| मेडियाले निगरानी नराखे जे गरे नी हुने भयो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *