डा. भट्टराई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद सदस्यमा नियुक्त
काठमाडौँ, ९ साउन । स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा रमेश भट्टराई त्यहाँको कार्यकारी परिषदको सदस्यमा समेत मनोनयन भएका भएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानीप्रसाद खापुङले सोमबार डा भट्टराईलाई परिषदको सदस्यमा मनोनयन गरेका हुन् ।
त्यहाँ उनको पदावधि तीन वर्षको रहने छ ।
प्रतिष्ठानको कार्यकारी परिषद्मा उपकुलपतिको नेतृत्वमा रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक पदेन सदस्य हुने व्यवस्था छ । यस्तै डीन, एचओडी र टिचर्स मध्येबाट एक एक जना सदस्य रहने व्यवस्था छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

