विशेषज्ञ लाइसेन्स परीक्षामा ६९ प्रतिशत पास
काठमाडौँ, ८ साउन । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी थिए ।
पुल्चोकस्थित इन्जिनिरयरिङ अध्ययन् संस्थान सूचना तथा संचार प्रविधि केन्द्रमा भएको परीक्षा विहान १० देखि १२ र दिउसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]