कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ, २७ असार । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।

फोक्सो र घाँटीको समस्याबाट ग्रस्त मन्त्री विष्टको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

२ दिन अघि अस्वस्थ भएका मन्त्री विष्टलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *