भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकमाथि कार्यकक्षमै आक्रमणको प्रयास

महासंघले भन्यो, 'दोषीको खोजी गरी तत्काल कारवाही प्रक्रिया अघि बढाईयोस्'
– डा देजकुमार गौतम

काठमाडौँ, २४ असार । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतममाथि आक्रमणको प्रयास भएको छ । बिहीबार अपरान्ह साडे ३ बजे एक समूह कार्यकक्षमा पसेर उनीमाथि भौतिक आक्रमणको प्रयास गरेको हो ।

‘उनीहरुले आफूलाई माओवादी निकट व्यक्ति भएको बताएका छन् । म कहाँ आएर हाम्रा मान्छेलाई जागिर लगाई दे भन्दै जवरजस्ती पसेर धम्काउने, तर्साउने र आक्रमणकै प्रयास समेत गरे,’ कार्यकारी निर्देशक डा गौतमले भने ।

उनले त्यसअघि आफू शल्यक्रियामा व्यस्त भएको र सकेर आएर कार्यकक्षमा पस्दा उनीहरुले एक्कासी हुलहुज्जत गरेको बताए । ‘मलाई त थाहा पनि थिएन । उनीहरु आइसकेका रहेछन् । म अप्रेसन सकेर कार्यकक्षमा छिर्दा त एकाएक हुलहुज्जत गर्न खोजे,’ उनले भने ।

यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले कार्यकारी निर्देशक डा गौतममाथि कार्यकक्षमै हुलहुज्जत एवं भौतिक आक्रमणको प्रयास भएको भन्दै घटनाको निन्दा गरेको छ ।

महासंघका महासचिव डा सन्तोष पौडेलले विहीबार राती विज्ञप्ती जारी गर्दै अस्पतालको नियमित काममा रहेकै अवस्थामा आफ्नै कार्यकक्षमा अस्पताल निर्देशक माथि नै यस्ता खालका अमानवीय एवं हिम्स्रक घटना हुनुले समग्र स्वास्थ्यकर्मीहरुमाथि नै त्रास र असुरक्षा महसुस भएको उल्लेख गरेका छन् ।

महासंघले घटनामा सम्लग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्ध िऐनको (पहिलो संसोधन) अध्यादेश २०७९ अनुसार कुनै राजनीतिक आग्रह पूर्वाग्रह नराखी कारवाही गर्न माग गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *