डा. संगिता मिश्रा १२ औँ तहमा बढुवा
काठमाडौँ, २१ असार । सरकारले डा संगिता कौशल मिश्रालाई स्वास्थ्य सेवा तर्फ प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगले पठाएको दुई जनाको नाम मध्येबाट डा मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ असारमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औँ तहको रिक्त एक पदमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरेको थियो । त्यसबेला समितिले डा टंकप्रसाद बराकोटीको नाम एक नम्बरमा र डा मिश्राको नाम दोस्रो नम्बरमा हालेर पठाएको थियो ।
यस्तै मंगलबारको बैठकले प्रंशासन तर्फका सहसचिव डा गोपिकृष्ण खनाललाई पनि सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
सम्पर्क इमेल : [email protected]