उपत्यकामा थप २ जनामा हैजा, संक्रमितको संख्या १९ पुग्यो

काठमाडौँ, २१ असार । काठमाडौँ उपत्यकामा थप २ जनामा हैजा भेटिएको छ । यो संगै काठमाडौँ उपत्यकामा हैजाका संक्रमित हुनेको संख्या १९ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।

उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए ।

यसअघि १२ पुरुष र ५महिलामा हैजा संक्रमण पुष्टि भएको थियो ।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।

यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *