फर्मासिस्ट लाइसेन्स परीक्षामा २६ प्रतिशत पास (नतिजा सहित)
काठमाडौँ, २८ जेठ । नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा २५.९२ प्रतिशत पास भएका छन् ।
सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा शनिबार (आज) भएको परीक्षामा कुल ७८७ जना सहभागी थिए । त्यसमध्ये २०४ जना ( २५.९२ प्रतिशत) मात्रै पास भएको परिषदका रजिष्टार संजीव कुमार पाण्डेयले बताए ।
उनका अनुसार परीक्षाका लागि ८६८ जना योग्य भएपनि ८१ जना भने अनुपस्थित थिए ।
त्यसो त परीक्षाका लागि ८८८ जनाले आवेदन दिएका थिए । आवेदन फारमको छानवीन गर्दा केही अयोग्य देखिएर परीक्षामा सहभागी हुन पाएका थिएनन् ।
परिषदका सदस्य निरज बर्तौलाले फर्मासिस्टको परीक्षामा अपेक्षा भन्दा निकै कम पास भएको भन्दै चिन्ता व्यक्त गरे ।
परिषदले लिएको यो १९ औँ नाम दर्ता परीक्षा हो ।
हेर्नुहोस नतिजा
सम्पर्क इमेल : [email protected]