‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’ : डा भीम रावल
काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् ।
उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए ।
उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनि अनुरोध गरे। सांसद रावलले काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]