स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रीबाट बढुवा हुँदै भवानी खापुङ

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीलाई

काठमाडौँ, २२ जेठ । स्वास्थ्य राज्यमन्त्रीबाट फिर्ता बोलाईएका भवानीप्रसाद खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा हुने भएका छन् । एकीकृत नेकपा समाजवादीले स्वास्थ्य राज्यमन्त्रीको  जिम्मेवारी सम्हाल्दै आएका  भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । सोही अनुसार सबै मन्त्री फिर्ता हुने भएका छन् । तर स्वास्थ्य राज्यमन्त्री खापुङ भने फुल मन्त्रीमा बढुवा हुने भाग्यमानी बनेका छन् ।

स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई जिम्मेवारी दिईदै छ । पार्टीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको समेत बताइएको छ ।

नयाँ मन्त्रीहरुको सूची लिएर पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगिसकेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *