एक दर्को पानीले ‘हरिबिजोक’ स्वास्थ्य मन्त्रालय (फोटोफिचर)

ढल र भलको राम्ररी व्यवस्थापन नहुँदा दोहोरि रहने समस्या

काठमाडौँ, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नाम भएपछि यो मन्त्रालयको कामको विषयमा विषयमा बताईरहनु पर्दैन् । स्वास्थ्यसंग प्राय जोडिने अर्को शव्द हो सरसफाई । त्यसकारण स्वास्थ्य मन्त्रालय भनिसकेपछि आम मानिसको मानसपटलमा त्यहाँको सरसफाईको र त्यसको व्यवस्थापनको एउटा प्रतिविम्ब खेल्ने गर्दछ ।

तर, जब जब पानीको तहरो पर्छ हाम्रो स्वास्थ्य मन्त्रालय प्रति मानसपटलमा बनेको प्रतिविम्ब खल्बल्याईदिने गर्दछ ।

त्यस्तै भयो  विहीबार पनि ।

अपरान्ह साढे ४ बजे तिरबाट परेको करीब एक घण्टाको पानीले मन्त्रालयलाई घेरावन्दीमा पार्‍यो । पानीले मात्रै घेराबन्दीमा पारेको भएत ठिकै थियो, भरिएका ढलका फोहरहरु बाहिर निस्कन थाले ।

कार्यालय समय सकिने बेलामा परेको पानीले मन्त्रालय भित्रबाट घर जान निस्कन लागेका कर्मचारीहरु ढल मिश्रित पानी नाघेर बाहिरिन नै हम्मे हम्मे पनिस्कनै हम्मे हम्मे पर्‍यो ।

अगाडीको मुलद्धार देखि पछाडी चमेनागृह भएको ठाँउसम्म फोहरमिश्रित पानी भरिदा त्यहाँ अडकिएका सेवाग्राहीले मन्त्रालयको बाहिरी व्यवस्थापनमा ठूलो समस्या रहेको कटाक्ष गरेका थिए ।

कतिपय कर्मचारीहरुले भने मन्त्रालय होचो ठाँउमा रहेका कारण ठूलो पानी पर्दा यस्तो समस्या दोहोरिरहने बताए ।  उनले भने, ‘मुख्य ढल यो ठाँउ भन्दा उचाईबाट गएको छ । यहाँको पानीको निकास छैन् । त्यसैले पानी दर्कदा जलमग्न भईहाल्छ । चाहेर पनि यसलाई व्यवस्थित गर्न सकिएको छैन्,’ तर एक जना सेवाग्राहीले भने त्यसो भनेर उम्किन नहुने बताए । ‘यो समस्या ढल र भलको व्यवस्थापन नगर्दाको हो । कस्ता कस्ता समस्या त समाधान हुन्छ । जाबो एउटा ढल र बेला बखतमा पानी पर्दा थुप्रिने भल व्यवस्थापन गर्न सकिदैन ? जसरी पनि सकिन्छ र गर्नै पर्छ । स्वास्थ्य मन्त्रालयले यसलाई विशेष ध्यान दिनुपर्छ,’ उनले प्रतिप्रश्न गर्दै भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *