स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी माथि यौन दुर्व्यवहारकोे आरोप

काठमाडौँ, १२ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । परिषदका कर्मचारी विजयकुमार झा माथि यौन दुर्व्यवहारको आरोप लागेको हो ।

इन्टर्नसिपमा आएकी एक युवतीले आफू माथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै झा विरुद्ध उजुरी दिएपछि परिषदले छानविन प्रक्रिया अघि बढाएको छ ।

छानविन नसकिदासम्म झालाई निलम्बन गरिएको छ ।

उजुरी परेको छ । हामीले त्यस उपरको कारवाही अघि बढाइसकेका छौँ । छानवीन समिति गठन गरेर घटनाबारेमा सत्यतथ्य बुझदै छौँ । परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने ।

झा माथि दुई वर्ष अघि पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यसबेला उनलाई दुई महिना निलम्बन गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *