दुई नक्कली चिकित्सक पक्राउ

बिराटनगर, १४ बैशाख । मोरङमा दुई जना नक्कली चिकित्सकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–१ स्थित श्रीराम पाइल्स क्लिनिकका सञ्चालक भारतको दार्जिलिङ घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा–३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाका अनुसार दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै क्लिनिक सञ्चालन गरी बिरामीलाई ठगी गर्दै आएका थिए ।

उनीहरुलाई जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको कोइरालाले बताए ।

उनले नेपाल मेडिकल काउन्सिलसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।

काउन्सिलले पनि उनीहरु दुबैले कुनै किसिमको दर्ता प्रक्रिया पूरा नगरेको जानकारी दिदै कानुनअनुसार कारबाही गर्नु भन्दै पत्राचार गरेको प्रहरी प्रमुख कोइरालाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *