आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित किसान समुदाय

झापा, ११ वैशाख । स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पु¥याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन।

अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरु आवद्ध हुन नसकेको जनाएका छन्। ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु एकमुष्ट रकम तिर्न नसक्दा स्वाथ्य बीमामा जोडिन नसकेका हुन्।

मेचीनगरका विभिन्न स्थानमा करिब एक हजार ९०० किसानको बसोबास रहेको छ तर अझैसम्म पनि स्वास्थ्य बीमा गर्न नसकेको जनाएका छन्। ुएकैपटक त्यति धेरै पैसा कहाँबाट ल्याउनुु, मेचीनगर–९ की ५५ वर्षीया कुमारी किसानले भनिन्, ुमजदुरी गरेर ल्याएको पैसा खानै ठिक्क हुन्छ, अनि कसरी गर्नु र बीमा।

सरकारले पाँच जनाको परिवार बराबर रु तीन हजार ५०० र त्यो भन्दा बढी भएमा प्रतिव्यक्ति रु ५०० का दरले थप्नुपर्ने बिमाको नियम बनाएको छ। जसबाट परिवारका सदस्य बिरामी परेमा तोकिएको अस्पतालबाट रु एक लाख बराबरको औषधोपचार गर्न पाइनेछ। यी सबै विषयमा जानकारी लिएका किसान समुदाय भने अर्थाभावले बीमा गर्न नसकेको बताउँछन्।

समुदायले राजा भनेर मानेका सुन्दरलाल किसान, अगुवा मानिएका जोगी किसानले समेत स्वास्थ्य बीमा अझै गरेका छैनन्। उनीहरुले बीमा गराउन भनेर केही वर्षअघि बस्तीमा अभिकर्ता आए पनि फेरि फर्किएर नआएको कारण पनि गर्न नसकेको बताए।

रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *