६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णयको एपोनद्धारा स्वागत

'५०० एमजीको सिटामोल पनि निरन्तर उत्पादन भइ नै रहन्छ'
264
Shares

काठमाडौँ, १४ चैत ।  नेपाल औषधि उत्पादक संघ (एपोन) ले ६५० एमजीको पारासिटामोल दर्ता गर्न अनुमति दिने औषधि सल्लाहकार समितिको निर्णयको स्वागत गरेको छ । उसले ६५० एमजीको पारासिटामोलको दर्ताको विषयमा बजारमा आएका टिकाटिप्पणी प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डे र महासचिव विप्लव अधिकारीद्धारा जारी विज्ञप्तीमा सल्लाहकार समितिको निर्णय विश्वव्यापी मान्यता प्राप्त फर्माकोपिया तथा युएसएफडीएमा प्रकाशित भइसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिईसकेको अवस्था भन्दै अनावश्यक शंका नगर्न आग्रह गरेको छ ।

‘अहिले कतिपयले पारासिटामोल ५०० एमजी लाई बिस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपुर्ण अभिब्यक्तिहरु देखिएको छ । त्यसो होईन, ५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति प्रदान हो । त्यसैले बजारमा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने छ,’ विज्ञप्तीमा भनिएको छ ।

एपोनले कोभिडको समयमा समेत नेपाल तथा बिभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज समेत आवश्यकताका अनुसार प्रयोगका लागि सिफारिस गरेको दावी गरेको छ ।

गत १० चैतमा बसेको औषधि सल्लाहकार समितिको बैठकले विभागलाई ६५० एमजीको पारासिटामोल दर्ता गर्न निर्णय गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *