विश्वभर कोरोना निको हुनेको संख्या ३७ करोड नाघ्यो

92
Shares

काठमाडौँ, १८ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३७ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा १७ लाख ४२ हजार संक्रमित निको भएसँगै विश्वभर कोरोना निको हुनेको संख्या ३७ करोड ५ लाखभन्दा धरै पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १२ लाख संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४३ करोड ३ लाखभन्दा धेरै रहेको छ । यो अवधिमा थप ६ हजार संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ लाख ८२ हजार पुगेको छ।

त्यस्तै पछिल्लो केही दिन यता निको हुनेको संख्या बढ्दै गएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या ६ करोड १ लाख रहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *