तीन मन्त्रालयको प्रस्तावमा सरकारले गर्‍यो स्वास्थ्य सम्वन्धी पाँच निर्णय

8.0k
Shares


काठमाडौँ, ६ फागुन । सरकारले स्वास्थ्यका विषयसंग जोडिएका पाँच निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेको प्रस्तावमा विहीबार (हिजो) बसेको मन्त्रिपरिषदको बैठकले पाँच निर्णय गरेका हो ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्वास्थ्य मन्त्रालयको तीनवटा र अरु दुई मन्त्रालयको एक एक वटा स्वास्थ्य जोडिएको विषयमा भएका निर्णय जानकारी गराएका थिए ।

मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको प्रस्तावमा ग्लोबल फण्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ – २४ को कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै औषधि दर्ता (चौथो संसोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको छ । यसैगरी स्वास्थ्यकै प्रस्तावमा नेपाल मेडिकल काउन्सिल (पाँचौँ संसोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।

अरु मन्त्रालयका प्रस्तावमा स्वास्थ्य सम्बन्धी निर्णय के के भएका छन् ?
मन्त्री कार्कीका अनुसार बिहीबारको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा श्रमिक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै अर्थ मन्त्रालयको प्रस्तावमा कोभिड १९ आकस्मिक प्रतिकार्य तथा जनसंख्या जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व बैकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करीब २ अर्व १४ करोड रुपैयाँ) थप ऋण सहायता स्वकृत गर्ने निर्णय भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *