अब दुवई जानका लागि ६ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट नचाहिने

252
Shares

काठमाडौँ, ४ फागुन । अब देखि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ । नेपाल एयरलायन्सले मंगलबार सूचना प्रकाशित गरी ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको छ ।

उसले संयुक्त अरब इमिरेट्स परिवर्तिन नयाँ नियम अनुसार यसअघि कायम गरिएको नियम हटाइएको जनाएको छ ।

यद्धपी काठमाडाँै दुवई यात्रा गर्ने व्यक्तिले उडान समयको ४८ घण्टा भित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनु पर्ने नियम भने कायम छ ।

यसअघि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्‍यापिड  पीसीआर टेष्ट गर्नु पर्ने थियो । त्रिभुवन अन्तरािष्ट्रय विमान स्थल परिसरमा आधा दर्जन बढी प्रयोगशालाहरुले ती सेवा प्रदान गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *