कोभ्याक्सले सोमबार थप १३ लाख १२ हजार डोज अस्ट्राजेनेका खोप पठाउँदै

32
Shares

काठमाडौँ, २७ माघ । सोमबार नेपालले थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप अस्ट्राजेनेका प्राप्त गर्ने भएको छ ।

बेलायत सरकारले कोभ्याक्स सुविधा अन्तरगर्त पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोप मध्ये आउन बाँकी १३ लाख १२ हजार ८० डोज खोप १४ तारिख (सोमबार) पठाउन लागेको हो । यसअघि २४ माघमा कोभ्याक्स मार्फत ८ लाख ६२ हजार ८० डोज खोप नेपाल भित्रि सकेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बेलायतले कोभ्याक्स मार्फत पठाउने प्रतिवद्धता अनुरुपको २१ लाख ७४ हजार ८० डोज खोप सोमबारसम्म आइपुग्ने बताए । उनले चीनबाट साइनोभ्याक खोप समेत आउन लागेको जानकारी दिए । यद्धपी कहिले आउँछ भन्ने बारेमा मिति तय भइनसकेको बताए ।

सरकारले चैत मसान्त भित्र सबै नागरिकलाई पूर्ण खोप दिने योजना अघि सारेको छ । सोही अनुसार खोप व्यवस्थापन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *