विशेषज्ञ लाइसेन्स परीक्षा : बंगलादेशबाट पीजी सकेका सतप्रतिशत पास

काठमाडौँ, २२ माघ । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञ लाइसेन्स परीक्षा (स्पेशल एक्जाम)मा बंगलादेशबाट अध्ययन पुरा गरी सहभागी भएका सतप्रतिशत चिकित्सक पास भएका छन् ।
परीक्षामा सहभागी डा राकेश साहका अनुसार परीक्षामा बंगलादेशबाट यसपटक आर ७ व्याचका २६ जना विशेषज्ञ चिकित्सक सहभागी थिए । शनिबार अपरान्ह आएको नतिजामा २६ जनानै पास भएको डा साहले बताए ।
काउन्सिललले लिएको परीक्षामा यसपटक ७६.७६ प्रतिशत पास भएका छन् ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भएपनि परीक्षामा ७२३ जना सहभागी थिए । त्यसमध्ये ५५५ जना पास भएका हुन् । परीक्षामा ११ जना अनुपस्थित थिए ।
परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा भएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

