अब कोभिड-१९ बिरुद्धको खोप ‘क्रस’ गरेर लगाउन सकिने

736
Shares

काठमाडौँ, १५ माघ । सरकारले कोभिड १९ बिरुद्धको खोप क्रस गरेर लगाउन सक्ने नयाँ निर्देशन जारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दुई साता अघि आफैले गरेको निर्णय परिवर्तन गरी नयाँ निर्देशन जारी गरेको हो ।

शुक्रबार ७७ वटैनयाँ निर्देशन अनुसार अब पहिलो र दोस्रो मात्रा कोभिसिल्ड वा भेरोसेल, फाइजर मोडर्ना वा एस्ट्राजेनेका जे खोप लगाएको भएपनि ६० वर्ष माथिकालाई अतिरिक्त मात्रा (बुस्टर डोज) दिँदा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने भनिएको छ ।

निर्देशनको दोस्रो नम्बर बुँदामा पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने भनिएको छ । यस्तै विदेशमा कोभिसिल्ड, भेसोसेल मोडर्ना वा फाइजर जे खोप लगाएको भएपनि दोस्रो डोज कोभिसिल्ड वा भेरोसेल दिने भनिएको छ ।

यसअघि सो महाशाखाले जारी गर्ने हरेक सूचनामा जो खोप पहिलो डोज लिइएको छ, दोस्रो डोज पनि सोही खोप लिनुपर्ने भनिने गरिन्थ्यो । बुस्टर डोज सम्वन्धी गत ३० पुसमा जारी निर्देशनमा पनि पहिले लगाएकै खोपको बुस्टर डोजको रुपमा लगाइदिन भनिएको थियो ।

पछिल्लो निर्णयपछि अब पहिलो डोज भेरोसेल लगाउनले दोस्रो डोज कोभिसिल्ड वा एस्ट्राजेनेका लगाउन मिल्ने मात्रै होइन पर्ने भएको छ । फाइजर, मोडर्नाको पहिलो डोज लिएकाले पनि दोस्रो डोज कोभिसिल्ड खोप लिन सकिने देखिएको छ ।

प्रभावकारी र उपलव्धता हेरेर गरिएको निर्णय
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा रमेशकान्त अधिकारीले प्रभावकारिता र उपलव्धतालाई हेरेर पछिल्लो निर्णय लिइएको बताउँछन् ।

‘विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसन जसलाई हामीले डब्लुएचओ एसएजीई भन्छौँ त्यसले दिएको सुझाव एउटा हो । अर्को उपलव्धतालाई पनि हेर्नुपर्छ । पछिल्लो पटक हामीलाई आएको सुझाव अनुसार क्रस गरेर लगाउँदा बढी प्रभावकारी भएको पाइयो । र यहि बेला हामीकहाँ केही खोपको उपलव्धता र केही खोपको कमि भएको अवस्था पनि छ । सबैलाई खोपको पहुँच पु¥याउनका लागि हामीले यो नयाँ सुझाव दिएका हौँ,’ प्राडा अधिकारीले भने ।

‘डब्लुएचओले जबसम्म ४० प्रतिशत भन्दा कम कभरेज हुँदासम्म जो खोप पहिलो डोज लगाएको छ, त्यहि खोप दोस्रो मात्रा दिनु भन्ने थियो । अब हाम्रो खोपको दर धेरै माथि पुगिसकेको छ । त्यसले पनि यो निर्णय लिइएको हो,’ उनले भने ।

तर केहीले भने सरकारले खोप कार्यक्रम व्यवस्थित गर्न नसकेपछि नयाँ निर्णयहरु गर्दै गएको बताएका छन् ।

‘खोप हराएको छ, पहुँचवालाहरुले खोप दुरुपयोग पनि गरेका छन् । कहिले बुस्टर भन्यो , कहिले होइन भन्यो, मन्त्रीले हो भन्यो, सचिवले होइन भन्यो । आदि यस्ता निर्णयहरुले बीचमा खोप कार्यक्रम गोलमाल ढंगले चलिरहेको छ । यसैले पनि पहिलो डोज र दोस्रो डोज क्रस गर्न खोजिएको हो,’एक जना खोप विज्ञले आरोप लगाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *