जलेश्वर अस्पतालका मेसु डा. साहमाथि आक्रमण गर्नेबिरुद्ध कडा कारवाही गर्न गोदानको माग
काठमाडौं, १३ माघ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले जलेश्वर अस्पतालका मेसु डा सतिश साहमाथि आक्रमण गर्नेविरुद्ध गैर जमानती हिरासतमा राखेर कडा सजाय दिलाउन सरकारसंग माग गरेको छ ।
बुधबार स्वास्थ्यको काम विशेषले अस्पतालको गाडीमा निस्केका डा साहलाई सीके राउतले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्ताले बिच बाटोमा छेकी आक्रमण गरेका थिए ।
आक्रमणबाट उनको अनुहार तथा टाउकोमा चोट लागेको थियो भने गाडीमा समेत क्षति पुगेको थियो ।
गोदानका अध्यक्ष डा रबिन खड्का र महासचिव डा कीर्तिपाल सुवेदीद्धारा आज जारी विज्ञप्तीमा घटनाको भर्त्सना गर्दै आक्रमणमा सहभागीहरुर्लाइ मानवअधिकार हनन, ज्यानमार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोध आदिको मुद्धा चलाउन समेत माग गरिएको छ ।
सम्पर्क इमेल : [email protected]