औषधि व्यवस्था विभागको गेटमा नि:शुल्क सिटामोल र मास्क बितरण

1.4k
Shares

काठमाडौँ, १२ माघ । बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको गेटमा आम सर्वसाधारणलाई निशुल्क सिटामोल औषधि र मास्क वितरण गरिएको छ । देशमा सिटामोलको अभाव भइरहेका खबर सार्वजनिक भएका बेला नेपाली कांग्रेसका नेता एवं औषधि व्यवसायी अबुल हुसेन अन्सारीले विभाग अगाडी सिटामोल र मास्क वितरण गरेका हुन् ।

आयान हेल्थकेयरका सञ्चालक समेत रहेका उनले देशमा सिटामोलको अभाव भएका बेला सामाजिक उत्तरदायित्व अन्तरगर्त आफूले औषधि र मास्क वितरण गरेको बताए ।

‘हामीले यहाँ सात दिनसम्म निशुल्क औषधि तथा मास्क वितरण गर्ने योजना बनाएका छौँ । त्यसबेलासम्म पनि सिटामोल अभावको अवस्था सुल्झिएन भने ७७ वटै जिल्लामा हामीले यो अभियान सञ्चालन गर्नेछौँ । महामारीको बेलामा सर्वसाधारणलाई साधारण औषधिको चिन्ता नहोस भनेर यस्तो गरेका हौँ,’ उनले भने ।

निशुल्क औषधि वितरण कार्यक्रमको उद्घाटन गर्न कांग्रेस नेता रामहरि खतिवडा आएका थिए । यस्तै नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी र नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले समेत सहभागिता जनाएका थिए ।

औषधि वितरण गर्ने स्थानमा स्वास्थ्यकर्मीहरु समेत राखिएको छ । उनीहरुले औषधि वितरण गर्दा आम सर्वसाधारणको उच्च रक्तचाप समेत जाँच गरेका छन् ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *