भारतद्धारा दुईवटा जीवन रक्षक औषधिको निर्यात प्रतिवन्ध

2.4k
Shares

काठमाडौँ, ११ माघ । भारतले जीवन रक्षक मानिने दुई प्रकारका औषधिको निर्यात प्रतिवन्ध लगाएको छ । बाणिज्य तथा उद्योग मन्त्रालय अन्तरगर्तको बैदेशिक व्यापार विभागले नीतिगत रुपमा संसोधन गर्दै दुईवटा औषधिको निर्यात प्रतिवन्ध लगाएको हो ।

त्यसरी निर्यात प्रतिवन्ध गरिएका औषधिहरुमा एनेक्सोपाइरिन र इन्ट्रा विनस इम्यूनोग्लोव्यूलिन (आईवीआईजी) रहेका छन् ।

निर्यात प्रतिवन्ध लगाइएको जानकारी १० जनवरीमा प्रकाशित भारतको राजपत्रमा समेत उल्लेख छ ।

चिकित्सकका अनुसार एनेक्सोपेरिन औषधि रगत पातलो गराउने काममा प्रयोग हुन्छ । उच्च रक्तचापका बिरामी देखि हृदयघात तथा मस्तिष्कघातका बिरामीसम्मलाई यो औषधि दिइने गरिएको छ ।

अर्को औषधि आईवीआईजी रोगप्रतिरोध क्षमता कम भएका व्यक्तिहरुका लागि दिइने गरिन्छ । प्रोटिन लस भएका बेला, सेप्सिस भएका बेला, आइसियूमा रहेका बिरामीहरुलाई इन्फेक्सनको खतरा घटाउनका लागि दिइन्छ । प्लेटलेट बढाउन पनि यो औषधि प्रयोग हुन्छ ।

नेपालमा कस्तो असर पर्छ ?
दुबै औषधि जीवन रक्षक औषधि हुन् । यी औषधिहरु अधिकाशं भारतबाट नै आउने गर्दथ्यो । ‘एक हिसावले भन्ने हो भने यी दुई औषधि ९० प्रतिशत भारतबाट नै आउने हो । त्यसैले त्यहाँबाट निर्यात प्रतिवन्ध लगाउँदा त्यसको असर नेपालमा प्रत्यक्ष रुपमा पर्दछ । र पर्न थालिसकेको पनि छ । यसैले सरकारले अविलम्ब कुटनीतिक पहलद्धारा नेपालका लागि औषधि आउने वातावरण गर्नुपर्ने हुन्छ,’ नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले भने ।

विभागका महानिर्देशक नारायण ढकालले भने प्रतिवन्ध लगाएको भएपनि अहिलेसम्म अभाव भइनसकेको बताए । ‘मैले केही दिन अघि नै केही आयातकर्ताहरुसंग यसबारेमा जानकारी लिएको छु । उहाँहरुले अभावको कुरा गर्नु भएको छैन् । औषधि अभाव नहुने भन्नु भएको छ । यदि भईहाल्यो भने राज्यले उच्चस्तरबाट यसको समाधान गर्नुपर्छ र गर्छ पनि,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *