स्वास्थ्य परामर्शको लागि चिकित्सक संघले सुरु गर्दै कल सेन्टर

136
Shares

काठमाडौँ, १० माघ । कोरोना संक्रमण बढेका बेला आम सर्वसाधारणलाई स्वास्थ्य परामर्श दिने उदेश्यले नेपाल चिकित्सक संघले मंगलबार (भोलि) देखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल टेलिकम संग सहकार्य गर्दै संघले कल सेन्टर सञ्चालनमा ल्याउने भएको हो ।

संघले परामर्श लिनका लागि ११५६ नम्बरमा फोन गर्न सकिने जनाएको छ । यो सेवा विहान ८ बजे देखि बेलुका ८ बजेसम्म सञ्चालनमा हुनेछ ।

‘खास गरी कोरोनाको तेस्रो लहर सामना गर्नका लागि यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कोरोनाको कारण स्वास्थ्य समस्यामा पर्नु भएका जो कसैले परामर्श लिन सक्नुहुनेछ,’ संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *