पाटन अस्पतालको स्वास्थ्य निर्देशकमा डा. युवराज शर्मा
काठमाडौँ, ९ माघ । पाटन अस्पतालको स्वास्थ्य निर्देशकको जिम्मेवारी डा युवराज शर्माले पाएका छन् । यसअघि उनी अस्पतालको मेडिसिन विभाग प्रमुख थिए ।
गत ४ माघमा बसेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले डा शर्मालाई स्वास्थ्य निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
‘गत ४ माघको निर्णय हो । स्वास्थ्य निर्देशकले अस्पतालको सेवा र जनशक्ति परिचालन अर्थात मेडिकल विभागतर्फको जिम्मेवारी लिनुपर्ने हुन्छ । मैले त्यहि जिम्मेवारी सम्हालेको छु,’ डा शर्माले भने ।
प्रतिष्ठानको अस्पताल निर्देशकमा भने डा रवि शाक्य कार्यरत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

