खोप अभियानको छैटौँ दिन : १ लाख भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

296
Shares


काठमाडौँ, १९ माघ । खोप अभियानको छैटौँ दिन सम्म देशभर १ लाख १३ हजार १ सय ७५ जना ब्यक्तिले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ९१ खोप बुथबाट साँझ ४ बजेसम्म कुल १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४ , बागमती प्रदेश मा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, लुम्बिनी प्रदेशमा १४ हजार ६ सय ४०, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७जनाले खोप लगाएका छन्।

माघ १४ गतेबाट शुभारम्भ भएको खोप अभियानको पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५ र चौथो दिन १४ हजार ८ सय ९४ जना र पाँचौ दिनमा २३ हजार ५ सय ८५ जनाले खोप लगाएका थिए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *