देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु

308
Shares

काठमाडौँ, २३ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

मृत्यु हुनेमा ५ जिल्लाका १  महिला र ९ जना पुरुष हुन् । झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४५, ५२, ६८ वर्षीय पुरुष, काठकाडौका ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरको ८४ वर्षीय, रुपन्देहीको ४७ र ८४ वर्षीय पुरुषको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार ६ सय ८० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा ३१८ र भेन्टीलेटरमा ७५ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *