एक चिकित्सक सहित गण्डकी प्रदेशमा थपिए ३५ जना कोरोना संक्रमित

248
Shares


पोखरा, २३ असोज । एक चिकित्सक सहित गण्डकी प्रदेशमा थप ३५जना नयाँ कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ५ जिल्ला कास्कीका २४, लमजुङका ३ तनहुँका ५ र नवलपरासीका २ र गोरखाका १ जना छन् ।

कास्कीका १६ वर्षीय पुरुष तथा लमजुङ का ३९ र ३१ वर्षीय पुरुष भारतबाट आएका हुन् । त्यसैगरी पोखरा ३१ का ६० वर्षीय पुरुष अमेरिकाबाट आएका हुन् । पद्यमा नर्सिङका ६२ वर्षीय पुरुष त्यही कार्यरत चिकित्सक हुन् ।

अन्य सबैजना कन्ट्रयाक ट्रेसिङ बाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५३३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *