दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको छ : मन्त्री ढकाल

192
Shares

काठमाडौँं, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् ।

विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ ।

सन्देशमा उनले नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन सबैमा आह्वान पनि गरेका छन् ।

उनले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गरेका छन् । नेपालमा अहिले ९४ हजार २५३ व्यक्ति कोरोना संक्रमित छन्, जसमध्ये ७२.८ प्रतिशत निको भइसकेका र ५७८ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको आँकडानुसार विश्वमा करीब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करीब एक अर्बलाई अझै पनि आँखा सेवाको पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ । यसमा थप करीब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।

नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसङ्ख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो ।

अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए तापनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको सङ्ख्यामा त्यति फरक परेको देखिँदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *