उपत्यकाको ७ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, २१ असोज । पछिल्लो चौबिस घण्टामा उपत्यकाको ७ सहित देशभर थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
जसमा ९ जिल्लाका ५ महिला र १० जना पुरुष गरी थप १५जना हुन् । मृत्यु हुनेमा मोरङका ४० र ६० वर्षीय पुरुष, सिराहाको ५० वर्षीया महिला, रौतहटको ७२ वर्षीया, काठमाडौँको ६६र ७२ वर्षीया, दाङको ७१ वर्षीया महिला, त्यसैगरी काठमाडौँको ४५, ५३, ६४, ६९ वर्षीय, ललितपुरको ४६ वर्षीय, चितवनको ६१ वर्षीय, रुपन्देहीको ५५ वर्षीय र नवलपरासीको ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गारएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार १ सय २६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २५हजार ७ रहेको छ ।
सम्पर्क इमेल : [email protected]