कोरोना संक्रमित खोज्न अब ‘एन्टीजेन टेष्ट’ पनि शुरु गरिने

3.2k
Shares

काठमाडौँ, २० असोज । पछिल्लो समय कोरोना संक्रमण भएको छ कि छैन भन्दै पत्ता लगाउन रियलटाइम पीसीआर विधिबाट मात्रै प्रयोग गर्दै आएको सरकारले अब त्यसमा एन्टीजेन टेष्ट विधि समेत थप्ने भएको छ ।

कोरोना भाइरस परीक्षण सम्वन्धी राष्ट्रिय मापदण्ड (नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड -१९) लाई परिमार्जन गर्दै परीक्षण विधिमा एन्टीजेन समेत थपिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ विधिबाट परीक्षण गर्दा छिटो रिपोर्ट आउने, एकैपटक ठूलो संख्यामा (मास स्क्रिनिङ) परीक्षण गर्न परेमा पनि सहज हुने भन्दै यो विधि थपिएको हो ।

‘हामीले बनाएको गाइललाइन अनुसार तीन स्थानमा मात्रै यसको प्रयोग हुन्छ । एकैपटक ठूलो जनघनत्व भएको ठाँउमा मास स्क्रिनिङ गर्नु परेमा, अस्पतालमा आकस्मिक सल्यक्रिया गर्नुपर्ने व्यक्तिहरुमा र बृद्धाआश्रमका बृद्धबृद्धाहरुमा यो टेष्ट गर्ने योजना छ,’ डा गौतमले भने । उनले एन्टीजेनको रिएजेन्ट अमेरिकन फुड एण्ड ड्रग एडमिनिस्ट्रसन (एफडिए)ले मान्यता दिएकोलाई मात्रै चलाउने बताए ।

एन्टिजेनको नतिजा केही मिनेटमै आउने गर्दछ । यसमा पोजेटिभ आएमा पोजेटिभ र नेगेटिभ आएमा नेगेटिभ मान्ने तर कसैमा लक्षण देखिएको छ भने त्यसलाई पुन पीसीआर गराई रि कन्र्फम हुने मापदण्ड गराइएको समेत बताए । तर त्यसमा पनि नेगेटिभ आएमा अरु स्वास्थ्य समस्याको कारण खोज्न थाल्ने उनले जानकारी दिए ।

उनले परीक्षण प्रणालीमा एन्टिजेन थपिएको भन्दै पीसीआर परीक्षण नरोकिने स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *