प्रसूतिगृह अस्पतालमा २८ बर्षीया महिलाले एकैपटक जन्माइन पाँच शिशु

4.9k
Shares

काठमाडौँ, १९ असोज ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले एकैपटक पाँच जना शिशु जन्माएकी छन् । नुवाकोटकी २८ बर्षीया सोमिका तामाङले एकैपटक पाँच जना शिशु जन्माएकी हुन् ।

तर पाँच मध्ये चार जना जिवित छन् । एउटा शिशु भने जन्मनुअघि नै मृत्यु भएको जनाइएको छ ।

अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया पछि शिशुहरु जन्मिएका हुन् । जन्मिएका शिशुहरु जिवित चार जना छोरी हुन् । मृत्यु भएको शिशु भने छोरा थियो ।

अहिले जिवित शिशुहरुलाई आइसीयू अव्जरभेसनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको डा सुवेदीले बताए ।

उनका अनुसार ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ । डा सुवेदीले नियमित जाँचको क्रममा ४ जना शिशु रहेको आफूहरुको निस्कर्ष भएपनि अहिले पाँच जना भेटिएको बताए । ३२ हप्तामा सुत्केरी भएकी सोमिकाको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा सुवेदीले बताए ।

आजको शल्यक्रियामा डा= सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेनले साथ दिएका थिए भने एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् । नवजात शिशुको स्वास्थ्य अवस्था अहिले वाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले हेरेकी छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *